काठमाडौं । आज बस्ने मन्त्रिपरिषदको बैठकले संघीय संसद तथा प्रदेश संसदीय निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

मन्त्रिपरिषद बैठक अघि सत्तारुढ गठबन्धनको बैठक पनि बस्ने भएको छ । हिजो भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए ।

यसअघि निर्वाचन आयोगले पनि मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सरकारलाई सिफारिस गरिसकेको छ । file pic

 

प्रतिक्रिया दिनुहोस !