चितवन । पुर्वीचितवनको राप्तिमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ७ बिरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो । भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६ख ५९८६ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३-००३प१२०९ नं.को स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटरमा सवार राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी निवासी बर्ष २४ को रमिता तामाङ कुवरको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते तामाङको उपचारको क्रममा ३:५० मा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि स्कुटर चालक उनको श्रीमान बर्ष २८ को सुशील कुवर घाइते भएका छन् । दुर्घटनापछि स्थानीयले पुर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।

प्रतिक्रिया दिनुहोस !