गोरखा । मनकामना केबलकार सेवा स्तरोन्नतिका लागि साउन २३ गतेदेखि बन्द हुने भएको छ ।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको मनकामना केबलकारले जनाएको छ । स्तरोन्नतिका लागि ५–६ हप्ता लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।

एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने पहिलो चरणको कार्यका लागि डोपेलमेर अष्ट्रियाबाट प्राविधिकहरू आउनले कम्पनीले जनाएको छ ।

केबलकार बटम स्टेसनमा रहेका रेष्टुरेन्ट सेवा भने सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !