चितवन ।  पहिरोले अबरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु भएको छ । भरतपुर-२९केराबारीको मौरीपुलमा गएराति खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । आज विहान २ः३० बसेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो । सोही ठाउँमा सोमबार राति ११ बजे ठूलो पहिरो खस्दा मंगलबार राति ९ः४० बजेको समयमा मात्रै दुईतर्फी संचालनमा ल्याईएको थियो ।

प्रतिक्रिया दिनुहोस !