काठमाडौँ । नेकपा मालेका महासचिव सीपी मैनालीले देश जोगाउन केपी ओलीको नेतृत्व चाहिएको बताएका छन । तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले अब सबै देशभक्त मिलेर देश जोगाउनका लागि सरकारको नेतृत्व ओलीलाई सुम्पिनुपर्ने बताए ।

उनले गठबन्धनका नेता लाज पचाएर लम्पसारवादी भएको भन्दै चर्को आलोचना गरे । महासचिव मैनालीले एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउन अध्यक्ष ओलीलाई आग्रह पनि गरे । उनले एमाले अध्यक्ष ओलीले यस विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी रहेको पनि बताउ ।

एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुने अवस्थामा बहुमत ल्याउन सकिने भएकाले त्यतातर्फ सोच्न महासचिव मैनालीले अनुरोध गरे । महासचिव मैनालीले प्रचण्ड माधवहरु विदेशीको भरिया बनेको बताए । मैनालीले प्रचण्ड कांग्रेसलाइ पहिलो पार्टी बनाउने अभियानमा लागेको भन्दै उनी नक्कली वामपन्थी भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !