चितवन । पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । मंगलबार ८ः५० बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ कुरिनघाट भन्ने स्थानमा अविरल परेको वर्षातको कारण माथिबाट पहिरो खस्दा राजमार्ग दुवैतर्फ  अबरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी लोडरमार्फत सडक खुलाउन पहल भइरहेको जिप्रकाका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !