चितवन । लगातारको बर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !