चितवन । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा मुक्तिनाथ बैंक धादिङमा कार्यरत कर्मचारी १८ जना घाइते भएका छन् । आज अपरान्ह ४ बजे नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस दुर्घटना भएको हो । घाइते मध्ये ११ जना पुरुष, ६ महिला र एक बालिका रहेका छन् । घाइते मध्ये चार जना गम्भीर रहेकोमा तीन जनाको अवस्था सुधार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाकारी दिएको छ । एक महिलाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको हो ।
घाईतेहरु ;–
१) जि.धादिङ गल्छी गा.पा १ बस्ने बर्ष २६ को सरोज खतिवडा अवस्था मध्यम
२) जि.धादिङ् निलकण्ठ न.पा १ बस्ने बर्ष २६ कि प्रमिला भट्ट अवस्था मध्यम
३) ऐ.ऐ बस्ने बर्ष ३९ को टिकाराम श्रेष्ठ अवस्था मध्यम ।
४) जि.धादिङ् थाक्रे गा.पा ९ बस्ने बर्ष २८ कि दिपा रेग्मी अधिकारी अवस्था गम्भिर ।
५) जि.नुवाकोट लिखु गा.पा २ बस्ने बर्ष २९ को सुवास नेपाल अवस्था मध्यम ।
६) चालक जि.दोलखा सैलुङ् गा.पा ६ बस्ने बर्ष ३९ को धर्म ब.खड्का अवस्था सामान्य ।
७) जि.धादिङ् गल्छी गा.पा ४ बस्ने बर्ष २९ को प्रकाश अधिकारी अवस्था सामान्य ।
८) जि.नुवाकोट बिदुर न.पा बर्ष २६ कि सनिसा अधिकारी अवस्था मध्यम ।
९) जि.नुवाकोट बिदुर न.पा ६ बस्ने बर्ष २६ को जिवन कुमाल सामान्य ।
१०) जि.ललितपुर बागमती गा.पा ५ बस्ने बर्ष २६ को विकास संजेल अवस्था सामान्य ।
११) जि.धादिङ् निलकण्ठ न.पा बस्ने बर्ष २५ कि रोजिना श्रेष्ठ अवस्था मध्यम ।
१२) ऐ.गल्छी गा.पा ४ बस्ने बर्ष २७ को मनोज भण्डारी अवस्था सामान्य ।
१३) ऐ.धुनिबेशी न.पा ६ बस्ने बर्ष २३ को सुजन आचार्य अवस्था सामान्य ।
१४) ऐ.ऐ बस्ने बर्ष २४ कि सोस्तिका आचार्य अवस्था सामान्य ।
१५ ) सहचालक जि.मकवानपुर कैलाश गा.पा २ बस्ने बर्ष २७ को सरोज मोक्तान अवस्था सामान्य ।
१६ )जि.नुवाकोट ककनि ८ बस्ने बर्ष २५ को उपेन्द्र भण्डारी अवस्था सामान्य ।
१७) जि.नवलपुर बुलिनटार गा.पा ५ बस्ने बर्ष ६ कि एन्जल कुमाल अवस्था सामान्य ।
१८) जि.धादिङ् निलकण्ठ न.पा ३ बस्ने बर्ष २८ कि सावित्रि सापकोटा अवस्था

 

 

प्रतिक्रिया दिनुहोस !