बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिका- १ स्थित बजारको एक घरमा आगलागी भएको छ। सोमबार दिउँसो एक घरको तेस्रो तलामा रहेको जिम हाउसमा आगलागी भएको हो । आगलागी अहिले नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपि रबि रावलले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न सकेको छैन । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानीयको प्रयासमा अहिले नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस !