चितवन । दुई दिनदेखि लगातार परेको वर्षादका कारण चितवनको कालिका नगरपालिकामा ६० घर डुबानमा परेका छन्। बुङ्खोलामा आएको बाढी पसेर कालिका नगरपालिकाका ६० घर डुबानमा परेका स्थानीयले बताएका छन् ।

कालिकाको पदमपुर र खोलेसिमल क्षेत्र डुवानमा परेको मेयर विनोद रेग्मीले जानकारी दिए । वडा नं २ को लाहुरेचोक, वडा नं ३ को मिलनचोक र वडा नं ६ को क्लबचोक, प्रगतिटोल, कमलचोक, गोर्खाली टोल र खोलेसिमल क्षेत्रको केही भाग डुबानमा परेको उनले जानकारी दिए ।

पदमपुर हुँदै बग्ने बुङखोला बस्तीमा पसेपछि स्थानीयले सामान सुरक्षित ठाउँमा सार्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस !