
चितवन । चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ ।
पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, आज जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ ।