चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव  योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् ।

आज भरतपुरमा भएको भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले तत्कालिन जनार्दन शर्मालाई सफाइ दिएको बताए । ‘तीन करोड नेपाली माझ शर्मा दोषी ठहर भइसकेका छन्, तर संसदीय गणितमा उहाँ निर्दोष देखिनुभयो, ‘ नेता भट्टराईले भने ।

छानबिन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको भन्दै नेता भट्टराईले भने, ‘११ जनाको छानबिन समितिमा बहुमत सत्ताधारीकै थियो, ४ जनामात्र एमालेका सांसद हुनुहुन्थ्यो । चार जनाले छानबिन प्रक्रिया मिल्ने भनेर असहमति जनाउँदा जनाउँदै संसदको टाउको गनेर जबरजस्ती प्रतिवेदन बनाइएको छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल कमल ‘प्रचण्ड’ देखि प्रधानमन्त्री शेरबहादुर देउवा सम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री शर्मालाई चोख्याउने काम भएको उनले बताए ।

उनले समितिमा रहेका नेकपा एमालेका चार सदस्य मात्रै छानबिन समिति भन्न मिल्ने बताए । अन्य सदस्यहरू साक्षी समितिको रूपमा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस !