चितवन । लायन्स क्लब अफ चितवन आरोग्यको समन्वयमा खैरहनी-८ पर्सा निवासी स्व. राजु दुवाडीको आँखा अस्पताललाई दान गरिएको छ । मृत्यु पर्यन्त अस्पतालको आँखा बैंकलाई आँखा दान गर्ने घोषणा गरेका दुवाडीको आखा अस्पताललाई शुक्रबार दिईएको थियो । सो आँखा दृस्टीबिहिन ४ जनाको लागि प्रयोग गर्न सकिने अस्पताल आँखा बैंकका को- अर्डिनेटर छाँया श्रेष्ठले जानकारी दिईन ।

स्व. दुवाडी

क्लबका अध्यक्ष बद्रीप्रसाद घिमिरेको संयोजनमा भएको सो आँखा दान कार्यमा भरतपुर आँखा अस्पतालका डा. दिपक ढकाल, डा. प्रची दुलाल, आँखा बैंकको को- अर्डिनेटर छाँया श्रेष्ठ, दिलिप तन्डुकार, ऋषिराम चापागाईं, राजकुमार कुँवर सहितको टिमको सहभागीता रहेको थियो ।

आँखा दान कार्यमा स्व. दुवाडीको बहिनी कोपिला दुवाडी ढकाल, ज्वाइँ बिष्णु ढकाल, गिता खनाल घिमिरेको सहयोग रहेको क्लबका अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !