काठमाडौं । काठमाडौंमा भारी वर्षा भएसँगै बुढानिलकन्ठ-१० स्थित सात तल्ले आसपासका बासिन्दा त्रसित हुन्छन्। जतिबेला पनि बाढी आउने डरले त्यस क्षेत्रका बासिन्दा त्रसित हुने गरेका छन्। मूल सडकमै बगाउने बाढी पस्दा त्रासमा बाँच्नुपरेको स्थानीयहरु बताउँछन्

कुनै बेला खहरे खोलाको रुपमा रहेको उक्त सडक ढल व्यवस्थापन हुन नसक्दा हरेक वर्षायाममा बाढीको जोखिम हुने गरेको छ। बीच बाटोमै ढलका लागि बनाइएको खाल्डो नपुरिँदा मान्छेको ज्यानसमेत गएको छ। एक वर्षअघि कपनको तरकारी बजार नजिकै सरस्वती नगरको सुकुम्बासी बस्तीमा बस्ने १० वर्षीय उज्जवल विककोको ज्यान गएको थियो। उक्त खाल्डो हाललाई फलामले बेरिएको छ। तर एक वर्ष वितिसक्दा पनि समस्या समाधान गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन।

कपनको सात तल्ले र तरकारी बजार क्षेत्र वर्षा भएसँगै डुबानमा पर्ने गरेको छ। त्यतिमात्र होइन, गोकर्णस्थित सानो पुलको समस्य पनि उस्तै छ। बढी वर्षा भयो कि खोलमाथि बनाइएको ढलाने पुलमाथि बाढी पस्नेगरेको छ। अन्यबेला सर्वसाधारणको बाक्लो आवतजात हुने उक्त पुल बाढी पेसपछि पूर्णरुपमा ठप्प हुने गरेको छ। जसका कारण त्यस क्षेत्रका बासिन्दाको दैनिकीमा असर परेको छ।

प्रतिक्रिया दिनुहोस !