चितवन । भरतपुर र नारायणगढमा भोलि (शनिवार) दिनभर विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले एक सूचना जारी गर्दै भोलि विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अबरुद्ध हुने जानकारी दिएको हो । नारायणगढ फिडर अन्तगतका क्षेत्रमा लाइन जाने प्राधिकरणले जनाएको छ । यस्तै भरतपुर २ फिडरमा पनि २ घण्टा विद्युत अबरुद्ध हुने सूचनामा उल्लेख छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस !