चितवन । नारायणी नदीमा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका छन् । बिहीबार बेलुका ५ बजेको समयमा भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार पार्कको चौतारामुनि सफा गर्ने क्रममा गोरखा आरुघाट घर भई हाल जिल्ला चितवन भरतपुर–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल चिप्लिएर नारायणी नदीमा खसेर बेपत्ता भएका हुन् । हाल उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !