काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।यस्तै, दुई सय १५ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस !