चितवन ।  राष्ट्रिय परिक्षा बोर्डले एसईई परिक्षाको नतिजा सार्वजनिक गरेको छ । हिजो बुधबार एसईईको नतिजा सार्वजनिक गरेको हो । चितवनका ११ हजार ९८६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। एसईई परीक्षामा चितवनका दुई जनाले ४ जीपीए ल्याएका छन् ।  यस्तै ५५० जनाले ३.६ देखि ४.० भन्दा कम जीपीए ल्याएका छन् । अर्थात ए प्लस ग्रेड ल्याएका हुन् । एक हजार २९२ जनाले ३.२ देखि ३.६ भन्दा तलको जीपीए (ए ग्रेड) ल्याएका छन् ।

दुई हजार ११४ जनाले २.८ देखि ३.२ भन्दा कम जीपीए (बीप्लस ग्रेड) ल्याएकाछन् । दुई हजार ४२५ जनाले २.४ देखि २.८ भन्दाकमजीपीए (बी ग्रेड) ल्याएका छन् । दुई हजार ६३९ जनाले २.० देखि २.४ भन्दा कम जीपीए (सी प्लस ग्रेड) ल्याएका छन् । दुई हजार २७८ जनाले १.६ देखि २.० भन्दा कम जीपीए (सी ग्रेड) ल्याएका छन् । ६४५ जनाले १.२ देखि १.६ भन्दा कम जीपीए (डीप्लस ग्रेड) ल्याएकाछन् । १४ जनाले ०.८ देखि १.२ भन्दातल (डी ग्रेड) ल्याएका छन् ।

चितवनको परीक्षाको नतिजा हेर्दा सि प्लस ग्रेड ल्याउने अत्याधिक रहेका छन् । क्रमशःबी ग्रेड, सी ग्रेड, बीप्लस ग्रेड, ए ग्रेड, डीप्लस ग्रेड, ए प्लस ग्रेड, डी ग्रेड, ४ जीपीए रहेको छ । जिल्लामा २३५ विद्यालयका १२ हजार ३२ जना एसईई परीक्षार्थी थिए । जसमध्ये १२९ जनाले सहभागिता जनाएन्न ।

प्रतिक्रिया दिनुहोस !