चितवन। चितवनमा आज बुधबार थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएका सङ्क्रमितमा भरतपुर महानतरपालिकाका ११ जना, रत्ननगर नगरपालिकाका १ र इच्छाकामना गाँउपालिकाका १ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ३५ जनामा पिसिआर परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । थपिएका १३ सहित चितवनमा सक्रिय सङ्क्रमितको संख्या ५३ पुगेको छ ।

चितवन बाहिराका ६ जना कोरोना सङ्क्रमितहरु भरतपुरमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !