
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै एक नाराबाजीभएको छ ।
कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा ‘नागरिकता विधेयक खारेज गर, एमसीसीमुर्दाबाद, देउवा मुर्दाबाद,राष्ट्रियताको रक्षा गरौं’ भन्दै नारावाजी भएको हो ।
उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरेका हुन । कार्यक्रम स्थलमा नाराबाजी हुनथालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई सुरक्षित तवरले मन्तव्य स्थानसम्म पुर्याएका थिए ।
प्रहरीले नाराबाजी गर्नेहरुलाई कार्यक्रमस्थल बाहिर निकालेको छ।