चितवन । वागमती प्रदेश स्तरीय नेपाल नगरपालिका संघकाे सह संयोजकमा चितवनका बिनोद रेग्मी चयन भएका छन् ।

काठमाडौमा सम्पन्न संघको छैटौं अधिवेशनले चितवनको कालिका नगरपालिकाका नगर प्रमुख रेग्मीलाई सह संयोजकमा चयन गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट सोही नगरपालिकाको वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

लामो समय देखि राजनीतिमा क्रियाशिल रेग्मी एमालेका जिल्ला कमिटी सदस्य तथा कालिका नगर कमिटी इन्चार्ज समेत हुन् ।

प्रतिक्रिया दिनुहोस !