चितवन । चितवनका एक व्यक्ति दुई दिनदेखि बेपत्ता भएका छन । रत्ननगर-१४ पिठुवा घर भएका ५० वर्षीय विशेश्वर खनाल शुक्रवारदेखि हराएका हुन । स्थानिय जमुनापुर मा वि का शिक्षक रहेका खनाल शुक्रबार अध्ययपन गराउन गएका तर साँझ घर नफर्केको परिवारले बताएको छ । उनलाई कोही कसैले देख्नुभएमा  9845242007, 9845432370 मा   वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन परिवारले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस !