काठमाडौं । नागर्जुन नगरपालिका वडा नं.१ रानीबन (काठमाडौं क्षेत्र नं.७) निवासी ईश्वर अर्यालले देशभक्ति जगाँउदै नेपालको चुच्चे नक्सा बाडने अभियान थालेका छन । उनले ४ दिनमा करिव १ हजार  ५ सय थान चुच्चे नक्सा बितरण गरिसकेका छन ।
देशभक्ती र राष्ट्रको माया जगाउन सके मात्र देश बिकास संभव हुने भन्दै उनले सो अभियान थालनी गरेको बताए । सधै नेतालाई गाली मात्र गर्ने र देश बिकास भएन भनेर मात्र हुदैन- उनले भने ।
हामी सबै देश बनाउन लाग्नुपर्ने र नेतृत्व संग सहकार्य र खबरदारी गर्दै देश बिकासमा सघाउनु हरेक नागरिकको प्रमुख जिम्मेवारी हो- अर्यालले भने । देशभक्तीको सन्देशका साथ अर्यालले करिब २० हजार चुच्चे नक्सा पहिलो चरणमा बितरण गर्ने बताएका छन । साथै उनले ५ महिनामा ४० हजार नक्सा बितरण गर्ने लक्ष्य लिएका छन ।
पहिलो चरण अन्तर्गत उनले नागर्जुन नगरपालिकाको बिधालय हरुमा सो नक्सा बितरण थालेका छन। उनले एकलटार स्थित नागर्जुन भ्याली एकेडेमी स्कुल र साउथ वेस्टर्न कलेज धापासीमा सो नक्सा बितरण गरे । उनले सो एकेडेमी र कलेजको लागि फ्रेमिङ सहितको नक्सा र एकेडेमीका सबै कक्षामा टास्न उनले नक्सा उपलब्ध गराएका छन । साथै उनले एकेडेमी र कलेजका सबै शिक्षकहरुलाई पनि सो नक्सा उपलब्ध गराएका थिए ।
अर्यालले नागर्जुन भ्याली एकेडेमी स्कुल संचालक समितिका अध्यक्ष इ. होमनाथ पोख्रेल तथा प्राचार्य उद्वव हुमागाई, सम्पुर्ण शिक्षक सहित कक्षा ९ र १० का सम्पुर्ण विद्यार्थीहरुलाई सो नक्सा हस्तान्तरण गरे भने साउथ वेस्टर्न कलेजमा पनि क्याम्पस प्रमुख डा. राजेन्द्र केसी सहित सम्पुर्ण शिक्षकहरुलाई सो नक्सा उपलब्ध गराएका हुन । साथै उनले आज सोही वडाको कामना ईन्टरनेशनल स्कुलमा पनि प्रीन्सिपल नवराज पाण्डे सहित बिधालय, बिधालयका शिक्षक र विद्यार्थीहरुका लागि नक्सा सहयोग उपलब्ध गरेका थिए ।
उनले नागर्जुन नगरपालिका वडा नं.१ का वडा अध्यक्ष रामेश्वर लामा, वडा नं.२ का अध्यक्ष थुमराम केसी, वडा सचीव सिद्धार्थ श्रेष्ठ, वडा नं.३ का अध्यक्ष उमेश लामा, वडा नं.५ का अध्यक्ष महेश रिमाललाई पनि चुच्चे नक्सा प्रदान गरेका थिए । अर्यालले पहिलो चरणमा नागर्जुन नगरपालिकाको १,२ र ३ वडामा, ताराकेश्वर नगरपालिका ३,४ र ५ तथा काठमाडौं महानगरको १६,१७,१८ र २५ नम्बर वडाको सबै बिधालयमा र विद्यालयका सम्पुर्ण शिक्षक तथा कक्षा ९ र १० का सम्पुर्ण विद्यार्थी तथा कलेजका सम्पुर्ण शिक्षकहरु साथै सबै वडा कार्यालय तथा वडा अध्यक्षहरुलाई पनि उपलब्ध गराउने लक्ष्य रहेको बताए । उनको अभियानलाई हरेक दिन नागर्जुन वडा नं.१ का वडा सदस्य रामप्रसाद खनालले साथ दिदै आएका छन ।
नापी बिभागमा रही २३ बर्षमा सरकारी सेवा अवकाश लिएका ४४ बर्षिय अर्यालले राष्ट्रको माया जगाउन सो अभियान थालनी गरेको र सबैले अभियानमा साथ दिन समेत अनुरोध गरे । लामो समय देखि लायन्स क्लबमा रही सामाजिक कार्यमा लागेका अर्यालले कोरोना कहरको समयमा विभिन्न क्षेत्रमा स्वास्थ सामाग्री र खाद्यान्न उपलब्ध गराएका थिए । साथै अर्यालले एभिन्युज टेलिभिजनको सहकार्यमा बालाजु क्षेत्र र आसपासमा पनि राहत सामाग्री सहयोग गरेका थिए ।
उनले रानीबन स्थित राधाकृष्ण मन्दिर परिसरमा रहेको प्रतीक्षालयमा आफ्नो बुबा ज्योतिष पण्डित स्व. कमलीकान्त अर्यालको सम्झनामा ५५ इन्चको टेलिभिजन सहयोग गरेका थिए । उनले गत असार २९ गते गुरु पुर्णिमाको अबसरमा नागभुषण महादेव मन्दिरमा १ सय ५० जना बुबा आमाहरु र राधा कृष्ण मन्दिरमा ४० जना बुबा आमाहरुलाई छाता सहयोग गरेका थिए । साथै अर्यालले गत स्थानिय निर्वाचन अगाडी बाचा गरे अनुसार बालेन शाहले प्राप्त गर्ने मत बराबरको रकम महाबिर पुनको राष्ट्रिय आबिष्कार केन्द्रलाई ६१ हजार ७ सय ६७ रुपैया सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !