चितवन । चितवनमा चार जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर महानगरपालिकामा जम्मा २२ जनाको पीसीआर परीक्षण गर्दा चार संक्रमित थपिएका हुन् ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या ३० पुगेको छ । जसमध्ये घरको आइसोलेसनमा २८ जना र अस्पतालको आइसोलेसनमा दुई जना रहेका छन् । पहिलो र दोस्रो लहरसमेत गरी अहिलेसम्म चितवनमा ३३ हजार १२२ जनामा कोरोना संक्रमण देखिएको छ भने ४४९ जनाले ज्यान गुमाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस !