चितवन ।  चितवनमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलयका अनुसार ६३ जनाको पिसिआर र ५ जनाको एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा भरतपुरका ११ जना र कालिकाका १ जना रहेका छन । योसंगै सक्रिय संक्रमित संख्या  २६ पुगेको छ । जसमध्ये २४ जना होमआइशोलेसन र २ जना अस्पतालमा छन । हालसम्म चितवनमा ३३,५९७ जना कोराना पुष्टि भइसकेको छ भने ४४९ जनाको मृत्य भएको छ । ३३,१२२ जना संक्रमणमुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस !