काठमाडौं । सांसद खगराज अधिकारीले नागरिकताजस्तो संवेदनशील विषयलाई ख्याल ठट्टा नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद अधिकारीले सहमतिका साथ नागरिकता विधेयक पास गर्नुपर्ने बताए।

कोहि नेपालीहरु अनागरिक नहुन् भन्ने उद्देश्यका साथ नागरिकता विधेयक आउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘नागरिकताको हकमा राष्ट्रिय स्वाधिनता हाम्रो हातमा छ । नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरिन् । तीनले अरु सबै अधिकार पाउछन्, नागरिकताको पूर्ण अधिकार सात वर्षपछि पाउने प्रावधान राखौं ।’

प्रतिक्रिया दिनुहोस !