चितवन । नारायणगढ- मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रक र बुलेरो एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन ।

भरतपुर महानगर -२९, भतेरी जङ्गलको ओरालोमा मुग्लिङबाट नारायाणगढ तर्फ जादै गरेको बागमती प्रदेश ३-००१ख २२२० नं.को डिब्बा ट्रक र विपरीत दिशाबाट आउदै गरेको बा१३च २२८७ नं.को बुलेरो गाडी आज बिहान करिब ७ बजे एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो घटनामा बलेरो चालक धादिङ निलकण्ठ-७ वस्ने वर्ष १८ का समिर नेपालीको हात, खुट्टामा चोट र बलेरोमा सवार भारत मोतीहारी बस्ने वर्ष ४५ का दिलिप गुप्ताको निधार र छातीमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाईतेको भरतपुर अस्पतालमा उपचार भई रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस !