काठमाडौँ । एसईईको नतिजा अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो ।

बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो । प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !