कोलम्बो ।  बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।-(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस !