काठमाडौं ।  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ।

बुधबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्‍त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरङ परिषद् (पहिलो संशोधन) विधेयक,२०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

यस्तै मन्त्री इस्तियाकले राष्ट्रिय सभामा उत्पति भएको नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रिय सभामा उत्पति भएको महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस् भनी प्रस्‍ताव प्रस्‍तुत गर्ने र सोही विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

यस्तै, बैठकमा वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘ग्लोबल ग्रीन ग्रोथ इस्टिच्‍युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र सोही सम्झौतालाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस !