चितवन । जिल्ला प्रहरी कार्यलय चितवनले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय माडीबाट खटिएको प्रहरी टोलीले माडी-७ बस्ने बर्ष २१ का सागर काफ्लेलाई लागुऔषधसहित देवेन्द्रपुरबाट पक्राउ गरेको हो । माडीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट लुकाई छिपाई ल्याएको ३१७ ट्याब्लेट नाईट्राभेट र १ बोतल कोरेक्स बरामद गरिएको प्रहरीले जनाएको छ । काफ्लेमाथि जिल्ला अदालत चितवन बाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !