काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय २८ जनाको परीक्षणमा ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये १ हजार ८ सय २८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार ८ सय  ६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !