गोरखा ।  मनकामना केबुलकारको   भाडा बढेको छ । अहिले देशव्यापी रुपमा महङ्ग बढेसँगै केबुलकारको भाडा दरलाई पनि परिवर्तन गरिएको केवुलकार प्रशासनले जनाएको छ । परिवर्तित भाडादर साउन १ गतेदेखी लागु भएको हो ।

मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलुकारले ४ वर्ष पछि भाडादरमा परिवर्तन गरेको हो । बढ्दो बजार भाउ, तलब वृद्वि र विश्व बजारलाइ ध्यानमा राखेर टिकटमा केही प्रतिशत वृद्वि गरेको मनकामना केवलकारका नायव महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए । उनका अनुसार टिकटदरमा ४ प्रतिशतसम्म भाडादर बृद्वि गरिएको छ ।

हाल नयाँ टिकटदर अनुसार नेपाली नागरिकलाई दुईतर्फी आवत जावतमा ७०० रुपैयाँ र एक तर्फी आवतजावत गर्न चार सय १० रुपैया तोकिएको छ । नेपाली बच्चाहरुको लागि दुई तर्फी ४२० र एक तर्फी दुई सय ४५ रुपैया तोकिएको छ भने बिद्यार्थीहरुलाई ५२५ र एक तर्फी तीन सय पाँच रुपैया कायम गरिएको छ ।

त्यस्तै गरी, जेष्ठ नागरिकलाई दुई तर्फी ४९०, एकतर्फी तीन सय दुई ८५ रुपैया निर्धारण गरिएको छ । फरक क्षमता भएकाहरुका लागि दुई तर्फी ३५० र एकतर्फी दुई सय पाँच रुपैया कायम गरिएको केवुलबार प्रशासनले जनाएको छ ।

भारतीय नागरिकहरुलाई दुई तर्फी ८००, एक तर्फी पाँच सय बीस र भारत बाहेक सार्क राष्ट्र र चाईनिज नागरिकका लागि दुई तर्फी १० डलर, एक तर्फी ६ डलर तोकिएको छ । उनीहरुको बच्चाको लागि दुई तर्फीको ७ डलर र एक तर्फी चार डलर कायम गरिएको छ भने अन्य बिदेशी नागरिकहरुलाई २० डलर र उनीहरको बच्चाको लागि ११ डलर र मन्दिरमा बलीका लागि लाने बोकाको लागि २४० रुपैयाँ भाडादर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !