चितवन । पत्रकार कृष्ण आचार्यमाथि भएको आक्रमणबारे अध्ययन गर्न एवम् घटनामा संलग्नलाई न्यायिक कार्वाहीका लागि ध्यानाकर्षण गराउन नेपाल पत्रकार महासंघकाे केन्द्रीय टाेली चितवन आउने भएको छ । उपाध्यक्ष उदय जिएमकाे संयाेजकत्वमा सचिव सृजना अर्याल र केन्द्रीय सदस्य ध्रुवकुमार रावलकाे तीन सदस्यीय टाेली चितवन खटाउने निर्णय भएको महासचिव राेशन पुरीले जानकारी दिनुभयो ।

टाेली आज सांझ सम्म चितवन आईपुग्ने पुरीले बताउनुभयो । जिल्ला शाखा संग समन्वय गरि टाेलीले आक्रमणकारीलाई कार्वाहीकालागि दवावमुलक कार्यक्रम समेत गर्नेछ । “अझै एकजना पक्राउ नपरेको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, गृह मन्त्रालयमा समेत हामीले पक्राउका लागि ताकेता गरिरहेका छाै ।” महासचिव पुरीले भन्नुभयो । मुद्दा दर्ता भएका आठजना मध्ये बिधुत प्राधिकरण भरतपुरका प्रमुख राजिबकुमार सिंह पक्राउ परेका छैनन् ।

जिल्ला स्थित पत्रकार सम्बद्द संघसंगठनले बिद्युत कार्यालय प्रमुखलाई समेत छिटाे पक्राउ गरि कानुनी कार्वाही अगाडि बढाउन संयुक्त बक्तव्य जारी गरि ध्यानाकर्षण गराएका छन् । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी , प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डित, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवन उपाध्यक्ष राजेन्द्र आचार्य , समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना र मिडिया नेपाल चितवनका अध्यक्ष समिक्षा पुरिले संयुक्त बिज्ञप्ति जारी गरेका हुन् ।

त्यस्तै प्रेस चौतारी नेपाल केन्द्रिय कमिटी, बागमती प्रदेश कमिटी, नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, बागमती प्रदेश समिति लगायत दर्जन भन्दा बढी पत्रकार सम्बद्ध संघ संगठनले दोषि लाई तत्काल पक्राउ गरि कारवाहीको दायरामा ल्याउन बिज्ञप्ती जारी गरेका छन । प्रेस चौतारी नेपाल चितवनका जिल्ला उपाध्यक्ष समेत रहेका पत्रकार आचार्य रासस चितवनका सम्बादाता, नारायणी अनलाइनका सम्पादक तथा संचारपत्र दैनिकका प्रकाशक समेत हुन ।

प्रतिक्रिया दिनुहोस !