चितवन । पत्रकार कृष्ण आचार्य माथि दुर्ब्यवहार आरोपमा विद्युत प्राधिकरण भरतपुरका हाकिम सहित ८ जना विरुद्ध अभद्र व्यवहार मुद्दा जिल्ला प्रहरी कार्यालय चितवनले आज दर्ता गरेको छ ।

कार्यालय प्रमुख राजीवकुमार सिंहको लगायत ८ जना विरुद्व मुद्धा दर्ता भएको चितवन प्रहरी प्रमुख एसपि नवराज अधिकारीले बताए । घटनाका पिडित आचार्यले अभद्र व्यवहार अन्तर्गत शनिबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । अन्य कर्मचारी पक्राउ परे पनि कार्यालय प्रमुख भने फरार भएका छन् ।

भरतपुरमा रहेको विद्युत् प्राधिकरणको शाखा कार्यालयभित्र भोज चलिरहेको सूचनाको आधारमा सूचना संकलन गर्न पुगेका पत्रकार आचार्यमाथि मदिराले मातिएका कर्मचारीहरुले हातपात गर्दै उनको साथमा रहेको दुईवटा मोबाइलसमेत खोसेर लगेका थिए । प्रेस चौतारी नेपाल चितवनका जिल्ला उपाध्यक्ष समेत रहेका पत्रकार आचार्य रासस चितवनका सम्बादाता, नारायणी अनलाइनका सम्पादक तथा संचारपत्र दैनिकका प्रकाशक समेत हुन ।

प्रतिक्रिया दिनुहोस !