
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने विद्युतका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासंघका सचिव दिपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गरेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ “नेपाल पत्रकार महासंघ चितवनका सदस्य कृष्ण आचार्यमाथि मिति २०७९ असार ३१ गते नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुद्वारा भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ चितवन शाखा घोर भत्र्सना गर्दछ ।”
“कार्यालयको मूल गेट बन्द गरेर पत्रकार आचार्यलाई नियन्त्रणमा लिई उहाँको मोवाइलसमेत कब्जामा लिएर लछारपछार एवं कुटपिट गरिएको घटना अक्षम्य हो ।” विज्ञप्तिमा भनिएको छ “कार्यालयभित्र कर्मचारीहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलनका लागि जाँदा पत्रकार आचार्यमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग गर्दछौं ।”
महासंघले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गराएको छ ।