गोरखा । गोरखा नगरपालिका-६ स्थित नगरपालिकाचोकमा एक युवकको शव फेला परेको छ । शुक्रबार बिहान गोरखा आले घर भएका २२ वर्षीय अनिस आलेको शव फेला परेको हो । मृतकको खल्तिबाट केहि गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउँकोमा ठुलो चोट लागेको छ । उक्त घटनामा शंकास्पद लागेका ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !