काठमाडौं । आफूलाई भेट्न आउनु भएका काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिनुभएको छ ।

बुधवार साँझ भनु जयन्तीको अवसर परोर महानगरका विविध विषयमा कुरा गर्न मेयर साह ओली निवास बालकोट जानु भएको थियो । अध्यक्ष ओलीसँग साहले आफूले गर्न चाहेका केही दीर्घकालिन महत्वका कामहरु,देशको राजधानी सहरलाई सुन्दर र सफा बनाउन आफूले ल्याएका योजना आदिका बारेमा कुरा गर्नु भएको थियो ।

यसका लागि एमालेको पूर्ण साथ चाहिने बालेनले बताउनुभएको थियो । बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले महानगरले अघि सार्ने जनमैत्री काममा एमालेको सधैं साथ रहने र एमालेका जनप्रतिनिधीले सधैं साथ दिने बताउनुभएको छ।

र्यापर समेत रहनुभएका मेयर बालेनलाई अध्यक्ष ओलीले तबला उपहार दिएर पठाउनुभएको थियो । अध्यक्ष ओली र साहबीच करिब एक घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस !