काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी(भाजपा) अध्यक्ष जेपी नड्डाको निम्तोमा दाहाल भारत भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दाहाल शुक्रबार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भाजपा अध्यक्ष नड्डाले धेरैअघि निम्तो पठाए पनि राजनीतिक व्यस्तताले भ्रमण हुन नसकेको स्वकीय सचिव मल्लले बताए । मल्लले भने, ‘भाजपा अध्यक्ष जेपी नड्डाले धेरै अघि नै निम्तो पठाउनु भएको थियो । राजनीतिक व्यस्तताका कारणले अध्यक्ष कमरेडको भ्रमण हुन सकेको थिएन । शुक्रबार दिउँसो १ बजे उहाँ दिल्ली जाँदै हुनुहुन्छ ।’ मल्लका अनुसार दाहालले दिल्लीमा एउटा कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुन सक्ने सम्भावना रहेको मल्लले बताए । दाहाल साउन १ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस !