चितवन । स्काईराईडर सेकेन्डरी ईंग्लिश बोर्डिङ स्कुल रत्ननगरको कक्षा ११ को बिज्ञान तथा ब्यबस्थापन विषयको परिक्षाफल आज प्रकाशित गरिएको छ । राष्ट्रिय परिक्षा बोर्डको नियम अनुसार सो परिक्षाफल प्रकाशित गरिएको स्कूलका सहायक प्राचार्य केशवराज पाठकले जानकारी दिनु भयो ।

परिक्षा बोर्डको नियम अनुसार सो परिक्षाफलबाट कम ग्रेड ल्याउने विद्यार्थीहरुले ग्रेड वृद्धि गर्ने अबसर पनि पाउने स्कूलका सहायक प्राचार्य पाठकले बताउनु भयो। आज प्रकाशित नतिजा अनुसार बिज्ञान विषय तर्फ ३.८६ जिपिए ल्याई सागर लम्साल प्रथम भएका छन । त्यस्तै ३.७६ जिपिए ल्याई साजन थपलिया दित्तिय र ३.७१ जिपिए ल्याई सागर सेढाई तथा सागर थापा तृतीय भएका छन । त्यस्तैगरि ब्यबस्थापन विषय तर्फ ३.८६ जिपिए ल्याई अर्पिता श्रेष्ठ प्रथम, ३.८३ जिपिए ल्याई प्रीति श्रेष्ठ दित्तिय तथा ३.८१ जिपिए ल्याई अग्नेश ढकाल तृतीय भएका छन ।

प्रथम, दित्तिय तथा तृतीय हुने विद्यार्थीहरुलाई बिधालयका प्राचार्य मदन पुरीले अबिर तथा पुरस्कार प्रदान गर्नुभएको थियो । बिधालयका प्राचार्य मदन पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा बिधालयका सहायक प्राचार्य केशवराज पाठक, परिक्षा प्रमुख बाशुदेव पोखरेल, बिज्ञान संकाय प्रमुख शरदराज अधिकारी लगायतले मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरुलाई शुभकामना तथा थप प्रगतिको कामना व्यक्त गर्नुभएको थियो । सो अबसरमा  कक्षा ११ मा प्रथम, दित्तिय तथा तृतीय हुने विद्यार्थीहरुलाई बिधालयका तर्फबाट ३ महिना, २ महिना र १ महिनाको शुल्क बराबरको छात्रवृत्ति प्रदान गर्ने बिधालयका प्राचार्य मदन पुरीले जानकारी दिनुभयो ।

त्यस्तै गरि बिधालयको तर्फबाट आगामी कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी हरुलाई पनि विभिन्न पुरस्कार दिई सम्मान गरिने बिधालयका प्राचार्य मदन पुरीले जानकारी दिनुभयो । कक्षा १२ को परिक्षामा राष्ट्रिय प्रथम हुने विद्यार्थीलाई ५० हजार रुपैया बराबरको गोल्ड मेडल र १२ कक्षाको सम्पुर्ण लागेको शुल्क मिनाहा सहित सम्मान गरिने छ ।

त्यस्तै जिल्ला प्रथम हुने विद्यार्थीलाई २५ हजार रुपैयाको पुरस्कार र १२ महिनाको तथा भर्ना एवं ल्याब शुल्क मिनाहा सहित सम्मान गरिने बिधालयका प्राचार्य पुरीले जानकारी दिनुभयो । त्यसैगरी ३.८ जिपिए भन्दा माथी ल्याउने सबै विद्यार्थीलाई १२ महिनाको छात्रवृत्ति, ३.७ जिपिए भन्दा माथी ल्याउने विद्यार्थीलाई ६ महिनाको छात्रवृत्ति, ३.६ जिपिए भन्दा माथी ल्याउने विद्यार्थीलाई ३ महिनाको छात्रवृत्ति, ३.५ जिपिए भन्दा माथी ल्याउने विद्यार्थीलाई २ महिनाको छात्रवृत्ति तथा ३.२ भन्दा माथी जिपिए ल्याउने विद्यार्थीलाई १ महिनाको छात्रवृत्ति सहित सम्मान गरिने बिधालयका प्राचार्य मदन पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !