काठमाडौं ।  राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रतिनिधि सभामा उपसभामुख र राष्ट्रिय सभामा उपाध्यक्ष पद नियुक्तीका लागि महिला सांसदहरुले आन्दोलन गर्नुपर्ने अवस्थाको सिर्जना भएको बताएका छन्।

राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संविधानले दुवै सदनमा उपाध्यक्षबिनाको अध्यक्ष परिकल्पना नगरेको भन्दै उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षका लागि महिला सांसदले आन्दोलन गर्नुपर्ने बताएका हुन्।

उनले भने,’संविधान प्रतिनिधि सभाको सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको व्यवस्था गरिएको छ। राष्ट्रिय सभामा उपाध्यक्ष नभएको ४ महिना भइसक्यो। प्रतिनिधि सभा झण्डै ४ वर्षदेखि उपसभामुख छैन। संसदमा रहेका पार्टीहरूले त्यसमा ध्यान दिनुपर्ने हो। सम्माननीय अध्यक्ष ज्यूले पनि ध्यान दिनुपर्ने हो। महिला माननीय ज्यूहरुले आन्दोलननै गर्नुपर्ने हो जस्तो लाग्या छ।’

उनले दुवै सभामा उपाध्यक्षबिनाको अध्यक्षको परिकल्पना नगरिएको बताए। गौतमले भने,’अध्यक्ष सँगसँगै उपाध्यक्ष छ। त्यसमध्ये एक महिला हुनुपर्नेछ। बरु पुरुष र महिला मध्ये पुरुष नभएपनि हुन्छ महिला अनिवार्य भनेर लेखेको छ। राष्ट्रिय सभामा उपाध्यक्ष नभएको ४ महिना भइसक्यो। पुरुष अध्यक्ष महिला उपाध्यक्षको व्यवस्था हो। अध्यक्ष पनि महिला र उपाध्यक्ष पनि महिला हुँदा केही असर हुँदैन। ‘

प्रतिक्रिया दिनुहोस !