काठमाण्डाै ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकाे जथाभाबी क्रियाकलाप नरोकेमा देश श्रीलङ्काजस्तै टाट पल्टिने दाबी गर्नुभएको छ ।

काठमाण्डौमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग आज साेमवार भएको अन्तरक्रियामा अध्यक्ष ओलीले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने, डलर सञ्चिति नभएको बेला हतियार किन्ने, कार्यकर्तालाई बजेट बाँड्ने लगायतका गलत क्रियाकलापका कारण देश श्रीलङ्काजस्तै टाट पल्टिने जोखिम रहेको बताउनुभयो ।

‘वास्तवमा अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी अवाञ्छित शक्ति र तत्त्वहरूको हात घुसाउने काम गरियो, यो बदमासीमा अर्थमन्त्री र रक्षामन्त्रीको मात्रै हात छैन, यसको प्रभाव कम्तीमा पनि हामी श्रीलङ्कासम्म त पुग्ने नै देखियो, त्योभन्दा अघि पनि बढ्न बेर छैन, यदि यस अधोगतिमा ब्रेक लगाइएन भने कम्तीमा पनि श्रीलङ्काकाे जस्तै अवस्थामा पुगिन्छ’, ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !