काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संबैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गरेका छन । विधेयक संविधानको भावना विपरित आएको भन्दै सचिव भट्टराईले उक्त विधेयक तत्काल फिर्ता लिन माग पनि गरेका छन ।

उनले भनेका छन, ‘सार्बभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिहरुले राष्ट्रिय सहमतिको रुपमा जारी गरेको नेपालको संबिधानको अक्षर र भावना बिपरित सरकारले हालै राष्ट्रिय सभामा पेश गरेको संबैधानिक परिषद सम्बन्धि बिधेयकको बिरोध गर्दछु । तत्काल फिर्ता लिन माग गर्दछु । सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संबिधान भात्काउने होईन बरु संबिधान अनुकुल चल्ने र संबिधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस !