काठमाडौँ ।  सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाउनुभएको थियो । आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !