बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा सत्ता र शक्तिको चरम दुरूपयोग गर्दा पनि पाँच दलीय गठबन्धनले लजास्पद पराजय व्यहोरेको छ । एमाले उम्मेदवारले भारी मतान्तरमा पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवार पराजित भएका हुन ।

एमाले र काँग्रेसले प्रतिष्ठाको विषय बनाएको सो पालिकामा एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनिया प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रंगबहादुर खातीलाइ १००३ मतले पराजित गर्दै विजयी भएका हुन । आइतबार पूरा भएको मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाएका छन् भने काँग्रेसका नगरप्रमुखका उम्मेदवार खातीले तीन.हजार ७७४ मत प्राप्त गरेका छन ।

त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी खडका चार हजार ७२७ मत पाएर विजयी भएकी छन् । उनकी प्रतिद्धन्द्धी काँग्रेसकी रिता शाहीले तीन हजार ७५५ मत पाएकी छन् ।

१० वटा वडा रहेको बूढीगंगामा एमालेले वडा वडानम्बर १, २, ३, ५, ६, ९ र १० गरेर सात वडा जितेको छ । भने वडानम्बर ४, ७ र ८ मा काँग्रेसका उम्मेदवार विजयी भएका छन । निर्वाचन आयोगले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !