चितवन ।  चितवनमा बिग्रिएको बस मर्मत क्रममा किच्दा एक जनाको मृत्यु भएको छ।  भरतपुर महानगरपालिका २५ शुक्रनगरमा ना ५ख ९६७ नम्बरको बस मर्मत गर्ने क्रममा सोही बसका सहचालक भरतपुर २४ बस्ने २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस मर्मत गरिरहेको अवस्थामा उक्त बसका चालक भरतपुर २७ बस्ने ४२ वर्षीय राज कुमार गुरुङले बस स्टार्ट गरि अगाडी बढाउने क्रममा मुनि रहेका नेपालीलाई अचानक बसले किचेको थियो । बसले किचेपछि गम्भीर घाइते भएका नेपालीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति ८:५० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !