काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले शुक्रबार उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !