काठमाडौं । गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरका प्रमुख बालेन साहले प्राप्तगर्ने मत बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका समाजसेवी ईश्वर अर्यालले राष्ट्रिय आविष्कार केन्द्रलाई  रकम सहयोग गरेका छन् । लायन्स क्लब अफ काठमाडौं साझा फूलबारीका निवर्तमान अध्यक्ष समेत रहेका अर्यालले काठमाडौं महानगरपालिका प्रमुखको पदमा बालेन्द्र साहले उम्मेद्वारी दिएसंगै उनले विजयी भएर जति मत प्राप्त गर्दछन् सो बराबरको रकम महावीर पुनले सञ्चालन गरेको अविस्कार केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता गरेका थिए। उक्त प्रतिबद्धता गरे अनुसार अर्यालले ६१ हजार ७ सय ६७ रुपैया  रकमको चेक आविस्कार केन्द्र पुगेर महावीर पुनलाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम का चिफ एओजी हरिश्चन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियोे। समाजसेवा नै जीवन हो भनी यसैमा रमाउने व्यक्तित्व ईश्वर अर्यालले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग एवं कार्यहरु गरिरहेका छन्। केही दिन अघि मात्रै उनले वनस्थली रानीवनस्थित राधाकृष्ण मन्दिरमा रहेको जेष्ठ नागरिक कक्षमा ५५ ईन्चको टेलिभिजन जडान गराईदिएका थिए। आगामी दिनमा पनि समाजसेवी अर्यालले समाजको सकारात्मक परिवर्तनका लागि सदैब लागिरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !