काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको हो । माओवादीले बिहीबार नै १२५ पोलिटब्युरो र ३१ वैकल्पिक पोलिटब्युरो केन्द्रीय समितिबाट पारित गरेको छ । स्थायी समितिमा नेकपाकालका १५ जना समेटिएका छन् । बाँकी सदस्य भने पछि थपिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस !