
चितवन । भरतपुर अस्पताल भरतपुरको सि ब्लकको भर्याङ मुनि बेबारिसे अवस्थामा १/२ दिनको शिशु फेला परेको छ ।
शिशु कस्ले छोडेर गएको भनी खुल्ने नसकेको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। उक्त शिशुको एनआईसियुमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।